AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा दिनदहाडै युवामाथि तरवार प्रहार गर्ने थप दुई जना पक्राउ, ६ जना अझै फरार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ श्रावण २०८०, बुधबार १६:२६
1.15k
Shares
विराटनगर / विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरवार प्रहार गरेको घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर – ६ का २४ वर्षीय अशोक अन्सारी रहेका छन् ।

प्रहरीले उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याएको हो । उनीहरुलाई प्रहरीले आज विहानका राति २ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

पक्राउ परेका मध्ये समिर घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा तीन जना चढेर विराटनगर–८ का २२ वर्षीय महमद हलिमलाई तरवार प्रहार गरेका थिए । समिरले बोकेको तरवारले हलिमलाई प्रहार गरेका थिए । तरवार प्रहारबाट हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठजनाको संलग्नता देखिएको छ । फरार रहेका छ जनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् । घटनामा संलग्नको खोजीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ ।

घटनामा प्रयोग गरिएको तरवार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरवार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए । पुरानै रिसईबीका कारण हलिममाथि तरवार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर