खबर पूर्वाञ्चल
विराटनगरमा आज आयोजित प्रतिष्ठानको साधारणसभाको उद््घाटन गर्दै उनले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागी नोना कोइरालाको योगदान कहिले विर्सन नसकिने उल्लेख गरे ।
नेपालको राजनितीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्दछ भन्ने पहिलो महिलन नोना कोइराला रहेको डा.कोइरालाले उल्लेख गरे । पञ्चायतको प्रतिवन्धित कालमा पनि नोना कोइरालाले प्रजातन्त्र स्थापना र सामाजिक न्यायका लागि साहसिक कार्य गरेको भन्दै उनले सवैलाई मिलाएर लैजाने क्षमता नोना कोइरालामा रहेको वताए ।
यो संस्थाले समाजका लागी उल्लेखनिय कार्य गरे पनि संस्थाले गरेको कार्यलाई उजागर गर्न नसकिएको उल्लेख गर्दै संस्थालाई अव नया ढंगवाट अघि वढाउनुपर्ने नेता डा.कोइरालाको भनाई थियो ।
कार्यक्रममा विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापनका लागी महिलाहरुलाई जागृत र गोलवद्ध वनाउने कार्य नोना कोइरालले गर्नु भएका कारण नेपालमा प्रजातन्त्रको स्थापना भएको उल्लेख गरे । यस्ता निडर , साहसी राजनितीक हस्तीलाई समाजले कहिले विर्सन नस्कने बताउँदै मेयर कोइरालाले संस्थाको विकासका लागी महानगर प्रतिवद्ध रहेको वताए ।
संस्थाका अध्यक्ष डा. नारायण कुमारको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हशन अन्सारी नेपाली कांग्रेसका नेता गोपालराज भण्डारी, कोशी प्रदेसका पुर्व प्रदेससभा सदस्य शान्ता पौडेल, संस्थाका महासचिव एंव नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलावल्ल्भ घिमिरे, पार्टीका नेता निरन्जन रिजाल तथा संस्थाका सदस्य निर्मला कोइरालालगायतले नोना कोइरालाको योगदानको चर्चा गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. नारायण कुमार तथा संस्थाका कोषाध्यक्ष चन्द्रकिशोर मल्लिकले संस्थाको वार्षिक प्रतिवेद पेश गरे । साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
आफनो आमाको नाममा डा शेखर कोइरालाले २०६४ सालमा संस्था स्थापना गरेका हुन् । विराटनगर– ४ इक्राहीमा स्थापना भएको संस्थाले पत्रकारिता क्षेत्रको विकासका लागी पत्रकारीता कलेज स्थापना गर्नुका साथै संस्थाले सिक्षा, स्वास्थ्य लगायत विभिन्न प्रकारका समाजिक कार्य गर्दै आएको छ ।