AArya
RUMPUM
animated ellipse animated ellipse

१२ लाखसहित विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०८०, शुक्रबार १६:०२
792
Shares
विराटनगर / स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बोर्डर आउट पोस्ट ९बिओपी० रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहारका ८१ वर्षीया राम नरेश सिंह र सवारी चालक ३३ वर्षीया रितेस जसवान रहेको छन् । उनीहरु भारतबाट नेपाल प्रवेश गरेको बी आर ०१ पीजी २११५ नम्बरको सेता स्कारपीयो गाडी चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँसहित बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रमेश श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

चेकजाँच गर्ने क्रममा सुरकेसमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ थापाले जानकारी दिए । पक्राउ परेका भारतीय नागरीक, भारतीय रुपैयाँ र गाडी अहिले बिओपी रानीमा राखेर थप अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर