AArya
RUMPUM
animated ellipse animated ellipse

सोम्स कलेजकी सारदा श्रेष्ठ बीबीएस दोस्रो बर्षमा प्रदेश प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०८०, बुधबार १८:५५
513
Shares
विराटनगर / शैक्षिक गुणस्तरमा सोम्स कलेज एक पछि अर्को सफलताको साथ एक अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित हुदै गइरहेको छ ।

यसै क्रममा त्रिभुवन विश्वविद्यालयद्वारा प्रकासित बिबिएस दोस्रो बर्षको नतिजामा विराटनगर ९ स्थीत सोम्स कलेज प्रदेश प्रथम भएको छ । सोम्सकी छात्रा सारदा श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरि प्रदेश प्रथम भएकी हुन् । सोम्स कलेज ब्यबस्थापन शिक्षामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका स्नातक तथा प्रोफेसनल डिग्री अध्ययन गराउने एक उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित छ ।

सोम्स कलेज सैद्धान्तिक साथै ब्यवस्थापन बिषयहरुमा प्रयोगात्मक शिक्षण शिकाइ गराउने प्रदेशकै एक मात्र कलेज हो । विद्यार्थीको पहिलो रोजाइमा पर्ने सोम्स कलेजको शैक्षिक वातावरण सहयोगी शिक्षक समुह चुस्त ब्यवस्थापन र प्रयोगात्मक सिकाइ क्रियाकलाप हुनु नै आफ्नो सफलताको कारण भएको प्रथम भएकी छात्रा श्रेष्ठले बताइन् । हाल यस कलेजमा त्रि.वि.वि.द्वारा सम्वन्धन प्राप्त ४ बर्षे विविएस, युकेको एसिसिए, राष्ट्रिय परिक्षा बोर्डद्वारा सम्बन्धन प्राप्त +२ ब्यवस्थापन संकायमा अध्यापन गराइरहेको कलेजका सञ्चालक रोशन घिमिरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर