खबर पूर्वाञ्चल
मञ्चलेकुमारी बैंकसितको सहकार्यमा विद्यालयका ७० विद्यार्थीलाई विविध सामग्री वितरण गरेको हो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यार्थीलाई सामान प्रदान गर्दै वितरणको शुभारम्भ गरेका थिए । कार्यक्रम संयोजिका लीला काबराका अनुसार विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरीका सामान, पानीको बोतल, जुस र खाजाका सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा मेयर कोइराला तथा महेश्वरी महिला मञ्चको विराटनगरका अध्यक्ष पूनम राठी, कुमारी बैंक कोशी प्रदेशका प्रमुख मनीष श्रेष्ठ र वडाध्यक्ष काजी बस्नेतले मन्तव्य व्यक्त गरे ।