AArya
RUMPUM
animated ellipse animated ellipse

पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० असार २०८०, आईतवार १९:१८
774
Shares
तस्वीर सौजन्य भुपेन्द्र दाहाल
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आज मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो ।

एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह बनाएर मोटिभेसन दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विद्यार्थीलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल खड्काले बताए ।

चर्चित मोटिभेटर डाक्टर नविनकुमार शर्मालाई ल्याएर कलेजले विद्यार्थीहरुलाई मोटिभेसन कार्यक्रम आयोजना गरेका थिए । कलेजले विद्यार्थीहरुको लागि समय सापेक्ष तालिम, सेमिनरलगायतका विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । गुणस्तरीय शिक्षा मात्र प्रदान नगरेर कलेजले विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलापहरूमा समेत विशेष जोड दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर