AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार दासलाई कुटपिट गर्ने दुई पक्राउ, ज्यान मार्ने उद्योगमा म्याद थप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ असार २०८०, बुधबार २१:१७
792
Shares
विराटनगर / मोरङको उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया राजेश कार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

पत्रकार दासलाई जेठ २८ गते २ बजे रतुवामाई नगरपालिका १० सोमबारे स्थित कार्की वर्कसपमा मोटरसाईकल मर्मतको लागि आएको बेला उनीहरुले कुटपिट गरेका थिए । दासलाई कुटपिट गरेपछि उनीहरु फरार भएका थिए । फरार भएका उनीहरुलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग कसूरमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर