खबर पूर्वाञ्चल


जलवायु परिवर्तनको वास्तविक समाधान र साइकल मोविलिटीको महत्वबारे युवा तथा वालवालिका र नागरिकालाई सचेत गराउँने उदेश्यले चित्रकला प्रतियोगिताको महत्व हुने उनले बताए ।
चित्रकला प्रतियोगितामा होलिल्याण्ड स्कुलका धिरजकुमार साह प्रथम भएका छन् । उनले २७ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन् । वुढानिलकण्ठ स्कुलका अपेक्षा राई दोस्रो र सरस्वती मावि विराटनगरकी मुस्कान कमत तेस्रो भइन् । प्रतियोतिामा विराटनगरका २८ स्कूलका २८ विद्यार्थी सहभागि रहेका थिए ।
विजेतालाई महानगरमा प्रमुख नागेश कोइरालाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।