AArya
RUMPUM
animated ellipse animated ellipse

छात्रवृत्ति नाम निकाल्ने ३९ जना विद्यार्थीहरुलाई ग्रीनल्याण्ड कलेजको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०८०, बिहीबार १७:१८
783
Shares
विराटनगर / विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजले छात्रवृत्ति नाम निकाल्ने ३९ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कलेजबाट १२ कक्षा उत्तीर्ण  गरेका ३९ जना छात्रछात्राले उच्च शिक्षा अध्ययन गर्न विभिन्न विधामा निःशुल्क छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
यसरी छात्रवृत्ति प्राप्त गर्नेहरुमा चिकित्सा शिक्षा अध्ययनतर्फ पाँच, विएस्सी नर्सिङ्गतर्फ छ, इन्जिनियरिङमा १३, बि फर्मामा दुई, बिएमएलटिमा छ, बिएस्सी कृषिमा तीन, बिभि विज्ञानमा एक र बिबिएमा तीन जना रहेका छन् ।
सो अवसरमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई कलेजका प्राचार्य दिपक पोखरेल, निर्देशक राजीव मिश्रा संस्थापक कृष्ण यादव, र पिताम्वर लुइेटेल सम्मान गर्दै शिक्षक , अभिभावकहरुको मार्गदर्शन , सुझाव एवं विद्यार्थीहरुको लगनशीलता सफलता प्राप्त गरेको बताए ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु इच्छा खतिवडा, समीक्षा कार्की, कुन्दन यादवले गुरुहरुको गुणस्तरीय अध्ययनले आज सफलता प्राप्त गर्न सफल भएको बताए ।
विद्यालयले कक्षा ११ देखि विद्यार्थीहरुलाई इन्जिनियरिङ , चिकित्सा शिक्षा र व्यवस्थापनतर्फको प्रवेश परीक्षाको तयारी कक्षाहरु सञ्चालन  गर्दै आइरहेको निर्देशक मिश्राले जानकारी दिए ।
विसं २०७१ नयाँ व्यवस्थापनमा सञ्चालित विद्यालयमा हाल विज्ञान, कम्प्यूटर , व्यवस्थापन र होटल व्यवस्थापन गरी एक हजार पाँच सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर