AArya
RUMPUM
animated ellipse animated ellipse

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शिक्षा लागू गर्नुपर्नेमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०८०, आईतवार १९:०१
144
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता शिक्षा लागू गर्ने तयारी गरेको छ ।

महानगरमा नयाँ नेतृत्व आएसँगै शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागू गर्नका लागि विषयविज्ञसित छलफल गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्वबजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताए । उनले प्रविधिमार्फत घरमै बसेर पनि काम गरेर राम्रो आम्दानी गर्न सकिने अवस्था रहेको उल्लेख गरे । त्यसका लागि अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्न बनाउनु आवश्यक रहेको बताए ।

शिक्षकहरु पनि समयअनुसार चल्न सिक्नुपर्ने उनको भनाइ थियो । कोइरालाले तीनै तहको सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचेजस्तो सफलता प्राप्त हुन नसकेको प्रस्ट पारे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै प्रविधिमा आधारित शिक्षामा जोड दिइरहेको जानकारी दिइन् ।

महानगरले आज विषयविज्ञ र सरोकारवालाहरुसित आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यक्रम उनले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछि परिने बताइन् । डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उनको दाबी थियो ।

प्रमुख अतिथिसमेत रहेका पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई प्रविधिसँगै प्रविधिलाई सीपसँग सीपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई आयआर्जनसँग जोड्नु जरुरी रहेको बताए ।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले इक्वालिटी फाउण्डेसनले डिजिटल साक्षरताका लागि गरिरहेको कार्यको प्रशंसा गरे । उनले शिक्षालाई प्रविधिसित जोड्न ढिलो गर्न नहुनेमा जोड दिए ।

पूर्व विद्यार्थी समाज, आमा समूह गठनसँगै गैरआवासीय नेपालीलाई जोडेर नेपालमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षा लागू गर्न सहजीकरण गर्ने इक्वालिटी फाउण्डेसन अमेरिकाका अध्यक्ष प्रा. मेदनी अधिकारी प्रतिबद्धता जनाए । उनले प्रविधिमा आधारित शिक्षा लागू भएमा मात्रै उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा सक्षम हुने धारणा राखे । विदेशमा रहेका थुप्रै नेपालीहरुले आफ्नो मातृभूमिको सेवा गर्नका लागि उपयुक्त अवसर र माध्यम खोजिरहेको समेत उनले उल्लेख गरे । उनले आफ्नो संस्थाका माध्यमबाट विराटनगरमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विदेशका रहेका नेपालीलाई जोड्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मोरङको सुन्दरहरैंचास्थित सुकुना माविका सहायक प्रधानाध्यापक हिक्मत बस्नेत, नरग्राम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद कोइराला, झापाको दमकस्थित सिंहदेवी माविका घनश्याम अधिकारीले आफ्नो विद्यालयमा भइरहेको डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षाका विषयमा आफ्ना अनुभव प्रस्तुत गरे । सो अवसरमा प्रदेश लगानी प्राधिकरण कोशी प्रदेशका निर्देशक डा. सरोज कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईलगायतले पनि मन्तव्य व्यक्त गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर