AArya
RUMPUM
animated ellipse animated ellipse

महानगर र निजी क्षेत्रको सहकार्य विकसित विराटनगर बन्छ ः मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०८०, आईतवार १७:३७
99
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै विकास सम्भव भएको बताए ।

महानगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउँदै मेयर कोइरालाले भने, “महानगरपालिकाको एक्लो प्रयासले मात्रै विराटनगरको समग्र विकास गर्न असम्भव छ । यहाँको विकासमा निजी क्षेत्रको विगतदेखि नै योगदान रहँदै आएको छ । आगामी दिनमा अझै बढी रहोस् भन्ने मेरो चाहना छ ।”

मेयर कोइरालाले महानगरका तर्फबाट महासंघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, कोषाध्यक्ष सुवास आचार्य, सदस्य राजन श्रेष्ठ, दीपक पाण्डे, रविनकुमार दाहाल, श्रवण अग्रवाल, भविष श्रेष्ठ, सरु केसी, यामबहादुर श्रेष्ठ, मनोजविक्रम शाहलगायतलाई खादा लगाएर सम्मान गरे । मेयर कोइरालाले महामनगर र महासंघबीच आगामी दिनमा थप परिणाममुखी सहकार्य हुनुपर्नेमा जोड दिए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कर्मचारीको तहबाट सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष राउतले महानगरले पछिल्लो समय महानगरवासीले महसुस गर्ने गरी धेरै काम गरेको बताए । “सरसफाई, पार्किङ, सडकबत्तीलगायतका क्षेत्रमा धेरै नै परिवर्तन भएको छ,” राउतले भने, “महानगरले गर्ने जनपक्षीय हरेक काममा हाम्रो साथ र सहयोग रहनेछ ।”

उनले विकासका सन्दर्भमा महानगरले सम्झेको खण्डमा जुनसुकै बेला उपस्थिति हुने प्रतिबद्धतासमेत व्यक्त गरे । अध्यक्ष राउतले महानगरका आर्थिकलगायतका समितिहरुमा महासंघको प्रतिनिधित्व गराउनसमेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर