RUMPUM
animated ellipse animated ellipse

महानगर टोलीद्वारा मासु पसलको अनुगमन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ जेष्ठ २०८०, बुधबार २०:५०
144
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमनलाई तीव्र पारेको छ ।

महानगरवासीलाई सफा र स्वच्छ मासु सेवन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ महानगरको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो । महानगरभित्र सञ्चालित सबै मासु पसलको अनुगमन गर्ने योजनाअनुसार हरेक दिन मासु पसलको अनुगमन गर्ने गरिएको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । यसरी अनुगमन गर्दा मासु पसलमा सुधार देखिएको उनको भनाइ थियो ।

अनुगमनका क्रममा मासुको खपत, पसलको संख्या, मासु पसलमा रोजगारी सिर्जनाको अवस्थालगायतका बारेमा समेत तथ्यांक संकलन हुने उनको भनाइ छ । महानगरको टोलीले विराटनगर वडा नम्बर २ को तीनपैनी, बरगाछीलगायतका स्थानमा सञ्चालित मासु पसलको अनुगमन गरेको छ । टोलीमा पशुपंशी शाखाका प्रमुख यादवसहित महानगर प्रहरीका प्रमुख राजन पौडेल, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा पसलको दर्ता, नविकरण, फोहोरको व्यवस्थापनलगायतका विषयमा पनि टोलीले हेर्ने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर