खबर पूर्वाञ्चल
आज विराटनगरको जुट मलिको खेल मैदानमा भएको अन्तिम लिग खेलमा अर्को विभार्गीय टिम शसस्त्रको एपिएफलाई डिएलमेथड २३ रनले पराजित गर्दै लगातर दुई खेलमा जित हात पार्दै आर्मी उपाधि नजिक पुगेको हो ।
जितसँगै आर्मी समूह ‘क’ बाट ३ खेलमा २ मा जित र एकमा पराजित हुँदै ४ अंक नेट रनरेडको आधारमा शिर्ष स्थानमा रहेको छ भने एपिएफले ३ खेलमा २ मा जित र एकमा पराजित हुँदै ४ अंकसहित समान रहेकोमा आर्मीले ०.५१ नेट रन रेट हुँदा एपिएफको ०ं४४ नेट रन रेट रहेपछि एपिएफ घर फर्किएको हो ।
एपीएफले दिएको १५९ रनको लक्ष्य आर्मीले १८ दहमलव ५ बवमा जित्नु पर्ने रहेको हुँदा आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १ सय ५१ रन बनाउँदा खराव प्रकाशका कारण खेल रोकन्दा आर्मी २३ रनले अगाडी रहेको कारणले आर्मीले एपिएफलाई डिएल मेथडको आधारमा ९ रनले पराजित गरेको हो । आर्मीका म्यान अफ द म्याच राजेश पुलामीले २६ बलमा ६ छक्का र १ चौक्का प्रहार गर्दै ४९ रनमा अविजित हुँदा रमेश भट्टले ४१ रन, दिनेश भण्डारीले अविजित २६ रन र सन्दिप रिजालले ११ रन बनार पवेलियम फर्केका थिए । एपीएफका तिलोक महराले २ विकेट लिँदा कृष्ण कार्की र अमरसिंह रटौलाले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ५८ रन बनाएको थियो । प्रदिप एरिले ४३ रन बनाउँदा अमरसिंह रटौलाले अविजित ४२ रन, अरुण एरिले २३ रन पूरन विक अविजित १४ रन र कप्तान सरद भेस्वाकरले ११ रनको योगदान दिए । आर्मीका सुनित श्रेष्ठ २ विकेट लिँदा जितेन्द्र मुखियाले पनि २ विकेट लिए । हरि चौहानले १ विकेट लिए ।
यस अघि पहिलो खेलमा विराटनगरको वाइआरसीसी वाक ओभरमा विजयी भएको छ । विजयी भए पनि वाइआरसीसी प्रतियोगिताबाट बाहिरिएको छ । भारत विहारको राहुल ११ नरपथगञ्जल र वाइआरसीसी हुनु पर्ने खेलमा नरपथगञ्जले खेल अस्वीकार गर्दै मैदान नआएपछि विराटनगरलाई अम्पायले विजयी घोषित गरेको थियो । मंगलबार नरपथगञ्ज र एपिएफ विच भएको खेलमा विवाद हुँदा एपिएफका खेलाडी प्रदिप ऐरी, अमर सिंश रटौला र प्रज्वल कर्माचार्यले नरपथगञ्जका खेलाडी भानु आनन्दलाई हातपात गरेपछि नरपथगञ्जले प्रतियोगिता बहिस्कार गर्दै लिगको अन्तिम खेल खेल्न अस्वीकार गरेको हो ।