खबर पूर्वाञ्चल

कार्यक्रममा कान्तिपुरले आन्तरिक खेलकुद, हिसान खेलदकुद तथा आन्तरिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कृत तथा सम्मान गरेको छ ।
कार्यक्रम दुई चरणमा गरेको कानितपुरले जनाएको छ । पहिलो चरणमा कलेजको र दोस्रो चरणका स्कूलको कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा स्कूल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले उपस्ति अतिथि,शिक्षक, अविभावक तथा विद्यार्थीहरुलाई नृत्य,गित तथा संगितले मनोरञ्जन दिएका थिए ।
कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष खुशीराज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका शाखा अधिकृत शालिग्राम दाहाल,हिसान मोरङका अध्यक्ष अमित ढकाल प्रिन्सिपल भुवन नेपाल,भाइस प्रिन्पिल देविलाल महतो, सञ्चालक शंकर काफ्ले, सञ्चालक प्रा.डा. तेजनारायण मण्डललगायतले बोलेका थिए ।