खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । श्रीमती डिल्लीसँग विशालले अवैध सम्बन्ध राखेको भन्दै विरेन्द्रले चक्कु प्रहार गरी ११ फागुन राती ८ बजे हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । हत्यामा सहयोगी भूमिका निर्भाह गरेको भन्दै विरेन्द्रको श्रीमती डिल्लीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
माझीको हत्या गरेपछि उनीहरूले घरनिजकको पोखरीको डिलमा खाडल खनेर शव गाढेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । उनीहरुले हत्या गरेको ६ दिनपछि प्रहरीले शव फागुन १७ गते फेला पारेको थियो । शव फेला पारेको दिन उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी कार्कीले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विरेन्द्रको श्रीमती डिल्लीसँगको अवैध सम्बन्ध रहेको आसङ्कामा विशालको हत्या गरेको खुलेको छ ।