मोरङमा ८ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने

खबर पूर्वाञ्चल, २ फाल्गुन २०७९, मंगलवार १५:४७
81
Shares

विराटनगर / मोरङमा १२ औं चरणको हात्तीपाइले विरुद्धको औषधी सुवाउने कार्यक्रम फागुनको दोस्रो साताबाट सुरु हुने भएको छ । फागुन ११ गतेबाट मोरङमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

‘मोरङमा सुरु हुन लागेको हात्तिपाइले विरुद्धको अभियान १२ औं चरणको हो,’ उनले भने, ‘यो अभियानलाई प्रभावकारी बनाएर ० प्रतिशतलाई औषधी खुवाउने लक्ष्य रहेको छ ।’ औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औं पटक अभियान सञ्चालन हुन लागेको उनले बताए । मोरङमा ११ लाख २ हजार ९ सय ५७ जना हात्तीपाइलेविरुद्धको औषधी खुवाउने उमेर समूहको रहेको डा. मेहताले जानकारी दिए । जसमध्ये ८० प्रतिशत अर्थात ८ लाखलाई खुवाउने तयारी गरिएको उनले बताए । ‘यो पटक प्रभावकारी रुपमा अभियान संचालन गरेर अर्को वर्षदेखि हात्तिपाइलेविरुद्धको औषधी नखुवाउने लक्ष्य लिएका छौं,’ डा. मेतहताले भने, ‘यद्यपी यो अभियानमा सबैले औषधी सेवन गरिनुपर्दछ ।’ हात्तिपाइ रोग निर्मलु पारेर अगाडी बढन सबैको साथसहयोगको खाचो रहेको उनले बताए ।

मोरङमा नियमित पाँच वर्षसम्म हात्तीपाइले विरुद्धको औषध सेवन गर्ने १६.७८ प्रतिशत मात्र रहेको जनस्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ । ‘सहरी क्षेत्रमा बसोवास गर्ने शिक्षित मानिसहरुपनि पनि लागूऔषध विरुद्धको औषधी सेवन गर्न नगर्ने परिपाटी रहेको छ,’ उनले भने, ‘ त्यसेले पनि हामीले लक्ष्य हासिल गर्न कठिन भएको छ ।’ अभियानमा २ हजार स्वास्थ्यकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५