पूर्वाञ्चल खबर
स्कुल परिसरमा आज सरस्वती पूजाको अवसर पारेर सांस्कृतिक तथा अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको हो ।

सोही अवसरमा अक्षरारम्भ कार्यक्रम कक्षा नर्सरीमा निःशुल्क भर्ना गरिएको स्कूलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।
त्यसैगरि भजन कृतन प्रतियोगिताको समेत आयोजना गरेको स्कूलले जनाएको छ । विराटनगरका विभिन्न वडाबाट आएका भजन मण्डलीले प्रतियोगितामा सहभागि रहेका थिए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको प्रिन्सिपल बुढाथोकीले बताए ।