खबर पूर्वाञ्चल
उज्यालो नेपाल नामक संस्थाले आयोजना गरेको दिवा सांस्कृतिक तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यहि क्षेत्रमा रहेर शिक्षण, सामाजिक तथा खेलकुदलगायतका विभिन्न क्षेत्रमा काम गरेको सबैलाई थाहा रहेको बताइन्।
उनले भनिन ,‘इटा गाममे कुछु कर्वे इटा दिमागमे ल्याके बिस बरससे शिक्षा क्षेत्रमे काम कर्दे एछोन, तोहर सबके बेटी तोहर सबके दिदिबहेन हमे सबैके सकेले गोड लाग्छुन, सकेले नमस्कार कर्छुन ।’
आफु कुनै नेताको नातेदार भएर उम्मेदवार नबनेको भन्दै उनले भनिन,‘ म त यस क्षेत्रका तमाम आमा बुवाकी छोरी हुँ, चुनाव जित्छु भनेर उम्मेदवार भएकी हुँ ।’
बुढीगंगामा विद्यालय सञ्चालन गर्दै हजारौं बालबालिकाको अभिभावक, तमाम अभिभावककी छोरी, युवाहरुको साथी बनेर सधैं सँगै रहेको बताउँदै न्यौपानेले भनिन ,‘आफ्नी छोरीलाई जिताउने की अरुलाई त्यो तपाईहरुको जिम्मा हो ।’
उनले मोरङ क्षेत्र नम्बर ६ (१) को अवस्था, यहाँका जनताको समस्या, यहाँका युवाहरुको अवस्था, महिलाहरुको अवस्था सबैमा आफू जानकार रहेको भन्दै अहिले चुनावी अभियानका क्रममा पनि प्रसस्त सुझावहरु संकलन गरिरहेको बताइन्।
उनले भनिन ,‘ प्राथमकिताको आधारमा काम गर्नुछ, सबै भन्दा ठूलो कुरा यहाँको जीवनस्तर उकास्न युवा तथा महिलालाई आयआर्जनसँग जोड्नु छ ।’
कसरी यहाँको जीवनस्तर उकास्न सकिन्छ भन्नेमा नै आफ्नो ध्यान जाने भन्दै उनले शिक्षा र रोजगारीलाई प्राथमिकता दिने आफ्नो योजना समेत सुनाइन्।
‘कला सस्कृतिको सम्मान आर माया करम’ भन्ने नाराका साथ आयोजीत उक्त कार्यक्रममा बोल्दै उनले नारामा भनेजस्तै कला र सस्कृतीलाई सबैले माया गर्नुपर्ने जगेर्नाका लागि सबैले भूमिका खेल्नुपर्ने बताइनन। उनले भनिन, ‘कला र संस्कृती हाम्रा सम्पति हुन्, यसलाई बचाई राख्न सबैले भूमिका खेल्नुपर्छ ।’