खबर पूर्वाञ्चल
कलेजमा भर्ना भएका नवौँ ब्याचका ७६८ जनालाई विराटनगरको एक होटेलमा विहिबार एक कार्यक्रमको आयोजना गरि एक दिने अभिमुखीकरण कार्यक्रम गर्दै स्वागत गरेको हो । कलेजमा साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टका विषय पढाइ हुँदै आएको छ ।।
कार्यक्रममा कलेजका प्रिन्सिपल दिपक पोखरेल, संचालकहरु शिवनारायण यादव, रविन्द्र घिमिरे, कृष्ण यादव एवं अभिभावक तथा विद्यार्थीहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
ग्रीनल्याण्ड कलेजले संचालन गरी रहेको सुपर ४८ ग्रुप र सिम्याट कक्षाको कारणले स्थापनाको छोटो अवधिमै मेडिकल, पारा मेडिकल , एप्लाई साइन्, विएससि नर्सिङ, इन्जिनियरिङ तथा विविए छात्रवृत्तिमा प्रदेश १ मा धेरै भन्दा धेरै नाम निकाल्न सफल भएको कलेजले दावी गर्दै आएको छ ।