AArya
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०७९, बिहीबार १६:५७
387
Shares
विराटनगर/विराटनगर–९ मा रहेको भानु कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा विहिबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको भानु कलेजमा ११ को विज्ञान संकाय र व्यस्थापन संकाय२ सय ५१ विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल मोहनकुमार श्रेष्ठ, प्रा.डा. नागेन्द्रप्रसाद साह, प्रा.डा. दामोदर थापा , प्रा.डा. देवेन्द अधिकारी, इसिए को–अर्डिनेटर देवेश प्रधान र कलेजका को–अर्डिनेटर रमेश पाण्डेलगायतले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको सीपमूलक शिक्षा आजको आवश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर