खबर पूर्वाञ्चल
महेन्द्र राजमार्गत अन्तर्गत भाउनेमा बिग्रिएर रोकेको को १ त ८००४ नं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएपछि कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते भएको छन् । उनको उपचार बेलबारी अस्पतालमा भइरहेको छ ।
कारमा सवार राजीव बराईलीको उपचारको क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ‘तीव्र गतिमा गएको कार अनियन्त्रित गएर रोकिएर राखेको ट्रकमा दुर्घटना भएको देखिएको छ,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने । प्रहरीले ट्रक चालक धनकुटा घर भएका ३९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिएको छ ।