खबर पूर्वाञ्चल

विस २०७६ मा स्थापना भएको उक्त्त पुरस्कार कोरोना महामारीका वितरण हुन नसकेकोमा विस २०७७ को शर्मा र २०७८ को भट्टराईलाई प्रदान गरिएको हो । उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले पुरस्कार प्रदान गरे ।
पोखरेलले सञ्चारकर्मीहरुले समाजमा रहेको विकृति एवं विसङ्गति अन्त्यका लागि सत्य तथ्यका आधारमा आम नागरिकमा सूचना पस्कनु पर्ने बताए । उनले चौतारी आवद्ध पत्रकाहरुले व्यवसायिक पेशागत क्षमताकाका आधारमा आफ्नो दक्षता प्रदर्शन गर्नुका साथै पार्टीको नीति तथा कार्यक्रमका सम्वन्धमा नागरिकहरुलाई जानकारी दिन दोहोरो भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।
पोखरेलले राष्ट्रिय राजनीतिमा रहेको विकृति अन्त्यमा सही समाचार सम्पेषण गर्नुपर्न आवश्यक्त्तता रहेको बताए ।
प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, चौतारी प्रदेश १ का अध्यक्ष अविजाल विष्ट, पुरस्कार छनौट समितिका सदस्य रामचन्द अधिकारीले सञ्चार माध्यमलाई प्रवद्र्धन कार्य र स्वतन्त्र अभिव्यक्तिमा पार्टीको ठूलो योगदान रहने बताए ।