खबर पूर्वाञ्चल
सो शोरुमको उद्घाटन प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा एमाले प्रदेश १ का संसदीय दलका नेता भीम आचार्यले गरे । भिस्टा इलेक्ट्रिक विराटनगरको शनिमन्दिरमा पनि रहेको छ । विराटनगरपछि भिस्टा इलेक्ट्रिको शाखा इटहरीमा पनि विस्तार गरेको संचालक जिसान आलमले जानकारी दिए ।
ईटहरी पश्चिम लाईनमा सञ्चालनमा ल्याइएको भिस्टाले भारत तथा चाईनामा निर्मित डेकोरेटिभ लाईटहरु, झुमर, होल्डिङ लाईट, वाल तथा स्पौट लाईटहरु पाइन्छ । यस्तै इन्टिरियर सम्बन्धि थ्रिडि डिजाईन बनाउनुका साथै आवश्यक सामाग्रिहरु समेत उपलब्ध गराउने भिस्टा ईलेक्ट्रिक एण्ड होम डेकोरका सञ्चालक जिसान आलमले बताए । ब्यवसायी आलमले विराटनगर महानगरपालिकाको धरानरोड र शनिमन्दिर रोडमा समेत भिस्टाकै नामले विभिन्न २ वटा शोरुमहरु यसअघि देखिनै सञ्चालन गर्दै आएका छन् ।
ईटहरीमा झण्डै १ करोड ५० लाख रुपैयाँ लगानीमा शोरुम सञ्चालनमा ल्याइएको जनाइएको छ । डेकोरेटिभ लाईटहरु आधुनिक भवनका कोठाहरुका साथै होटल, कार्यालय र सभाहलहरुमा साजसज्जा तथा प्रकाशका लागि जडान गरिन्छ । शोरुम उद्घाटनको अवसरमा भिस्टाले असार १ देखि ८ गतेसम्म १५ प्रतिसत छुट दिने घोषणा समेत गरेको छ ।