खबर पूर्वाञ्चल
मोरङको बेलबारी, उर्लाबारी, रंगेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको हो । यसैगरी गाउँपालिकातर्फ जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा गणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
उर्लाबारी नगरपालिकामा विहान २ः३० बजेदेखि, जहदा गाउँपालिकामा विहान १ः५० बजेदेखि, ग्रामथान गाउँपालिकामा विहान १२ः४० बजेदेखि, धनपालथान गाउँपालिकामा १ः३० बजेदेखि, सुनबर्षी नगरपालिका २ः१५ बजदेखि, कानेपोखरी गाउँपालिकामा राति १०ः४५ बजेदेखि, रंगेली नगरपालिकामा विहान २ः०० बजेदेखि, मिक्लाजुङ् गाउँपालिकामा विहान १ः४० बजेदेखि, कटहरी गाउँपालिकामा विहान १ः३० बजेदेखि, बेलबारीm नगरपालिकामा विहान ५ः०० बजेदेखि र लेटाङ नगरपालिकामा विहान ६ः५५ बजेदेखि मतगणना सुरु भएको हो ।