AArya
RUMPUM
animated ellipse animated ellipse

वुढीगंगा गाउँपालिकाका एमालेद्वारा प्रतिवद्धता सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०७९, शुक्रबार १९:२४
234
Shares
विराटनगर / मोरङको वुढीगंगा गाउँपालिकाका नेकपा एमालेका अध्यक्षका उम्मेदवार बलभद्र सरदार थारुले निर्यातमूलक उद्योगलाई अनुदानको व्यवस्था गर्ने बताएका छन् ।

आज मोरङको निमुवामा आयोजित पत्रकार सम्मेलनमा सरदारले निर्वाचन प्रतिवद्धता सार्वजनिक गर्दै यस क्षेत्रमा रहेका रोजगारीमूलक उद्योगहरुलाई विशेष सहुलियत र करमा समेत छुट दिने जानकारी दिए ।

सार्वजनिक ३३ बुंदे प्रतिवद्धतामा पत्र अनुसार पालिकामा थारु संग्राहलय, होम स्टे निर्माण गर्ने, महिलालाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । उनले स्वास्थ्यमा जनताको पहुँच, रोजगार सिर्जना गर्ने तथा घरनक्सा पासमा आवश्यक अनुगमन गरि व्यवस्थिति वसोबासको चाँजोपाँजो मिलाउने र वुढीनदीको कारण जोखिममा परेका वस्तिलाई जोगाउन नदीमा तटवन्धन निर्माण कार्यक्रम ल्याउने जानकारी दिए ।

सोही अवसरमा उपाध्यक्षका प्रत्यासी उम्मेदवार तुलसी कुंवर विष्टले शिक्षकलाई मासिक रुपमा तलव भुक्तानीको व्यवस्था गर्ने,जनप्रतिनिधिले जनताको गुनासो सुन्ने व्यवस्था गर्ने र पालिकाका सार्वजनिक वडापत्र जारी गर्ने प्रतिवद्धतामा व्यक्त्त गरे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सत्यनारायण चौधरी र सात वटै वडाका अध्यक्षका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर