AArya
RUMPUM
animated ellipse animated ellipse

एमालेबाट विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीको उम्मेदवारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७९, सोमबार १७:२८
891
Shares
विराटनगर/ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरको मेयरमा नेकपा एमालेका उम्मेदवार सागर थापा र उपमेयरमा शिल्पा नि।ला कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

उनीहरुले आज दिउँसो दलबलसहित विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हन् । केपी शर्मा ओली निकट रहेका थापालाई एमालेले मेयरको उम्मेदवार बनाएको हो । थापा महानगर कमिटी अध्यक्ष हन भने कार्की अनेमसंघ महानगर अध्यक्ष हुन् ।

विराटनगरको मेयरमा थापासँगै, रामलाल साह, बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई र उपमेयरमा कार्कीसँगै विमला दाहाल घिमिरे र अञ्जु उपाध्याय –शिवा) को नाम महानगर, जिल्ला कमिटीले सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर