खबर पूर्वाञ्चल
जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–६ लाई ५ विकेटले पराजित गर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–६ ले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाई १ सय ३१ रनको स्कोर खडा गरेको थियो । जहदा–६ का लागि अभिनाश मण्डलले सर्वाधिक ३८ रन जोड्दा नितिश मण्डलले २७ रन , विजय मण्डलले १६ रन र धर्मेन्द्र मण्डलले १५ रनको योगदान दिएका थिए । आयोजकका अभिषेक सिंहले ५ विकेट लिँदा श्यामसुन्दर मण्डलले २ विकेट र देवराज महतो, बलराम कामत तथा अंकित सिहं राजपुतले १–१ विकेट लिएका थिए ।
१३२ रनको लक्ष्य पछ्याको आयोजकले १८ ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । आयोजकका श्यामसुन्दर मण्डलले २९ रन बनाउँदा अंकित सिंह राजपुतले पनि २९ रन बनाए । ‘म्यान अफ द म्याच’ अभिषेक सिंहले २७ रन र जयकृश मण्डलले १२ रन जोडेका थिए । जहदा–६ का लागि अभिषेक मण्डलले २ विकेट लिँदा विकेश मण्डलले पनि २ र नितिश मण्डलले १ विकेट लिएका थिए ।