खबर पूर्वाञ्चल

एक्स्पोमा ८० वटा एसी, ६० वटा कुलर र १०६ वटा सामान्य स्टल रहेका थिए । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको थियो । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङलगायतका साहसिक खेलकुदको व्यवस्था पनि गरिएको थियो ।
एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको नमुना राखेर आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू समेतको व्यवस्था गरेको थियो ।
एक्स्पोमा नेपाल तथा भारतका चर्चित कलाकार ल्याए साँझमा साँगितिक कार्यक्रमाको आयोजना गरेको थियो । सो अवसरमा उद्घोष दैनिक, सृष्टि दैनिक र आर्थिक अभियानका सञ्चारकर्मी, उत्कृष्ट स्टल, एवं एक्स्पो निर्माण एवं सञ्चालनमा सहयोग पु¥याउनेलाई सम्मान गरियो ।