खबर पूर्वाञ्चल

नब्बेको दशकमा ज्यादै चर्चा पाएको अजय देवगण, रविना टन्डन र सुनिल सेट्टी अभिनित फिल्म दिलवालेको चर्चित डायलग बोले । चलचित्रमा अजयले बोलेको एउटा डायलग बहुचर्चित बनेको थियो ।
फिल्ममा अजय भन्छन् ‘हमे तो अपनो ने लुटा, गैरो मे कहाँ दम था, मेरी किस्ती डुबी थि वहाँ, जहाँ पानी कम था ।’ भन्ने हिन्दी गित गाँउदै मन्त्री आले एमाले अध्यक्ष ओली माथि कटाक्ष गरे । नाम नलिए पनि नेतृत्व भन्दै पटक–पटक उनले एमाले अध्यक्ष ओलीतर्फ संकेत गरे ।
मन्त्री आलेले सार्वजनिक सम्पत्तिमा कसैलाई भ्रष्टचार गर्न नदिने बताए । उनले पशुपति नाथ धर्मशाला र नाराणहिटी दरबारको जग्गामा भएको ठेक्का अनियमितामा नियन्त्रण गरि भ्रष्टाचार रोकी जनतालाई सुशासनको अनुभूति गराएको दावी गरे ।
मन्त्री आलेले ‘बन्दुकबाट निक्लेको गोली र प्रेम आलेको बोली नफर्किने’ गरी मुलुकलाई खोक्रो बनाई जनतालाई गरीव तुल्याउन गरिने भ्रष्टाचार नियन्त्रण गरि तीन करोड नेपाली जनताको शिर ठाडो पार्ने प्रतिवद्धता जनाए । उनले विगतको सरकारले वैज्ञानिक बन र वाइडवडी जहाजमा गरेको भ्रष्टाचार नियन्त्रणमा आफू सदस्य रहेको सार्वजनिक लेखा समितिमले प्रतिवेदन बनाई अख्तियारबाट छानविन गराएको बताए ।
मन्त्री आले आगामी बुद्ध जयन्तीका दिनदेखि भैरहवा र पाँच महिना भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबाट मुलुकको पर्यटन व्यवसायमा फड्को पार्ने बताउनु भयो । उहाँले गठबन्धन दलहरु आगामी निर्वाचनमा संयुक्त रुपमा जाने बताउँदै यस सम्बन्धमा नेपाली कांग्रेसले निर्णय गरेको बताए ।
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले जात, धर्म नभनी मुलुकको विकासका सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमख भीम पराजुलीले विराटनगरले आधा दर्जन प्रधानमन्त्री र अर्थमन्त्री दिए पनि यस क्षेत्रको विकासमा चासो नदिएको गुनासो व्यक्त्त गर्दै नगरमा पाँच बर्षको अवधिमा १५० किलोमिटर कालोपत्रे निर्माण गरिएको दावी गरे ।
सङ्घीय सांसद एवं पूर्व रक्षा मन्त्री मीनेन्द्र रिजालले विकासमा यो नगर पछाडी परेकोमा चिन्ता व्यक्त्त गर्दै मुलुकको दोस्रो ठूलो शहर बनाउँन हामी सबै लाग्नु पर्नेमा बताए । सङ्घका अध्यक्ष नविन रिजाल,एक्स्पो संयोजक विकासकुमार बेगवानी, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले यस क्षेत्रमा स्थायी रुपमा प्रदर्शनी स्थल निर्माणको लागि सहयोग गर्न आग्रह गरे ।
आज सुरु भएको एक्स्पो चैत २६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ४५ करोडको कारोबार हुने आयोजकको अनुमान छ । एक्स्पोमा ८० वटा एसी, ६० वटा कुलर र १०६ वटा सामान्य स्टल छन् । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङलगायतका साहसिक खेलकुदको व्यवस्था पनि गरिएको छ ।
एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको नमुना राखेर आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ ।
नौ दिन चल्ने एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरुसमेत बिक्री वितरण हुनेछन् ।