AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तीपुर कलेजद्वारा विद्यार्थी सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७८, बिहीबार १६:४६
3.89k
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कान्तीपुर कलेजले मेडिकल तथा इन्जिनियरिङमा छात्रवृत्ति पाउँने विद्यार्थीलाई सम्मान गरेको छ ।

कलेजले एक कार्यक्रमको आयोजना गरेर मेडिकल तथा इन्जिनियरिङमा छात्रवृत्ति पाउँने विद्यार्थीलाई सम्मान गरेको हो । कलेजमा प्लस टु अध्ययन गरेका प्रज्वल खडकाले भारतको भावु साहेव मेडिकल कलेज महाराष्ट्रमा पूर्ण छात्रवुत्तिमा नाम निकाल्न सफल भएको प्रिन्सिपल भुवन नेपालले बताए ।

एटलान्टिक चौधरी, मुकेश पञ्जियार, आस्था श्रेष्ठले नेपालको विभिन्न मेडिकल कलेजमा नाम निकाल्न सफल भएका हुन् । त्यस्तै शर्मिला चौधरी, हुलास साह, प्रज्वल भट्टराई, रोजन अधिकारीले इन्जिनियरिङमा नाम निकाल्न सफल भएको प्रिन्सिपल नेपालले जानकारी दिए ।

त्यैसेगरि कलेजले लिएको कक्षा ११ र कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

उनीहरुलाई कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. तेजनारायण मण्डल, सञ्चालकहरु जनक अधिकारी, रोशन राजवंशी, हिमाल बराल र शंकर काफ्लेलगायतले पुरस्कार तथा सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर