खबर पूर्वाञ्चल
नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको,पर्याप्त भौतिक पूर्वाधार भएको, धेरै विद्यार्थीहरु अध्ययन गर्ने,विगतको पढाइको परिणाम,अनुभवी शिक्षकहरुबाट अध्यापन गरी समयानुकुल प्रतिस्पर्धात्मक शिक्षा प्रदान गरेको आधारमा शिक्षादीप कलेज छनौटमा परेको सम्मान आयोजक संस्थाले जानकारी दिएको छ ।
देशभरिका कलेजहरुलाई उक्त आधारमा मूल्यांकन गर्दा शिक्षादीप कलेज छनौटमा पर्न सफल भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
विराटनगरमा १३ वर्ष अघि स्थापना भएको शिक्षादीप कलेजले निरन्तर रुपमा उन्नति गर्दै आएको छ । हाल यस कलेजमा कक्षा ११ र १२ मा मात्र दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । प्रदेश १ र मधेश प्रदेशका सबै जिल्लालगायत अन्यत्रबाट पनि यस कलेजमा अध्ययनकालागि विद्यार्थीहरु आउने गरेका छन् । अधिकांश विद्यार्थीहरुलाई विभिन्न प्रकारका छात्रवृत्तिहरु, आवधिक तथा अन्तिम परीक्षामा उत्कृष्ट भएका तथा मेधावी विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्ने गरिएको प्रिन्सिपल खड्काले बताए । यस शैक्षिक सत्रमा मात्र शिक्षादीपले ७० लाख रुपैयाँको छात्र वृत्तिवितरण गरेको थियो ।
काठमाण्डौ उपत्यका बाहिरबाट पहिलो पटक कक्षा १२ मा नेपाल प्रथम भएको, पटक–पटक पूर्व क्षेत्रमा सर्वाेत्कृष्ट हुँदै आएको शिक्षादीपले माध्यमिक तहको गुणस्तरीय शिक्षाकालागि काठमाण्डौ जानु नपर्ने भावना सर्वसाधारणमा जागृत गराएको छ । यहाँ कक्षा १२ सम्मको अध्ययन गरेका उल्लेख्य संख्याका विद्यार्थीहरुले हरेक वर्ष चिकित्सा विज्ञान, इन्जिनिरयरिङ, वाणिज्य र वित्तिय क्षेत्रका विषयहरु उच्च शिक्षामा अध्ययनकालागि प्रवेश पाउने गरेको बताइएको छ ।
शैक्षिक मात्र नभई सामाजिक सेवामा पनि कलेजले विविध क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । देशको शैक्षिक विकासमा योगदान पुर्याएबापत् शिक्षादीप कलेज यसअघि स्थानीय,प्रदेशस्तरीय र राष्ट्रिय स्तरकाकरिब एक दर्जन पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेको छ ।