खबर पूर्वाञ्चल
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा आज आयोजित ‘प्रदेश १ को आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरु’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले प्रदेश १ मा अनेक सम्भावनाहरु छन् ती सबैलाई एकै पटक कार्यान्वयनमा ल्याउन पूँजीगत खर्चको अभाव रहेको प्रष्ट पार्दै राष्ट्रियताको रक्षा र समृद्धिको यात्रा पूरा गर्न विकास गर्नुको विकल्प नरहेको बताए ।
सरकारसँग पूँजीगत खर्च अभाव रहेको समयमा स्वदेशी वा विदेशी निजी क्षेत्रहरुले सम्भावित क्षेत्रहरुमा लगानी लगाउन उदारता देखाउनु पर्ने कुरामा जोड दिँदै मुख्यमन्त्री राईले प्रदेश लगानी प्राधिकरणको सुझाव गहकिलो भएको बताए । उनले अब मुलुकमा राजनीतिक क्रान्ति समाप्त भइ आर्थिक क्रान्तिको समय आएको बताउँदै भारत र चीनको प्रगतिलाई नेपालले पछ्याउनु पर्ने बताए ।
मुख्यमन्त्री राईले हाम्रा जनशक्ति विदेश जाने र हामी विदेशी उत्पादनमा निर्भर रहनु पर्दा हाम्रो उत्पादन ठप्प हुने र बेरोजगार समस्या बढ्ने तर्क गर्दै स्वभिमान र राष्ट्रियताको रक्षा गर्न दुई ठूला शक्त्तिको प्रगतिलाई पछ्याउनु पर्ने आवश्यकता रहेको बताए ।
विदेशी वा स्वदेशी लगानीका निम्ति ऐन, कानून परिमार्जन गर्ने र शान्ति सुरक्षा एवं सुशासनलाई पनि सुधार गर्दै जाने उद्घोष गर्दै मुख्यमन्त्री राईले सबै विज्ञको ज्ञानलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त्त गरे ।