खबर पूर्वाञ्चल
प्रदेश लोक आयोगको दोश्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उनले निश्पक्ष, दक्ष, इमान्दार , समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सवैको विश्वास आर्जन सफल हुने बताए ।
प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त्त गरे । उनले आयोगले आफ्नो कार्य समस्या रहित ढंगले छिटो छरितोरुपमा कार्य सम्पादित गर्नुपर्नेमा जोड दिए ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगलाई जनमुखी, विश्वसनीय समक्ष बनाउन आवश्यक सहयोग गर्ने बताए । उनले जनशक्ति , कानून र पूर्वाधार अभाववीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरकोमा आयोग धन्यवादको पात्र रहेको बताए ।
मुख्यमन्त्री राईले आयोगले विवादरहित ढंगले दत्तचित्त भएर कार्यमा लाग्नु पर्नेमा जोड दिदै स्वास्थ्य तथा लगायन अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्वन्धमा वाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी दिए । उनले सङ्घको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमा मार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्वन्धमा आवश्यक सुझाव दिन आग्रह समेत गरे ।
मुख्यमन्त्री राईले सङ्घीय सरकारले अनुदानको बजेट रकम अत्यन्त कम ,राजश्व संकलन सीमित दायराको कारणले सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पुरा गर्न नसकेको गुनासो व्यक्त्त गरे । उनले सङ्घीय सरकारको नीति कार्यक्रमले प्रदेश र स्थानीय वलियो वन्न नसेकोले अहिले सङ्घीय प्राणालीमाथि नै प्रश्न उठिरहेको बताए ।