AArya
RUMPUM
animated ellipse animated ellipse

नोबेलका विद्यार्थीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले बनायो समिति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७८, शुक्रबार १६:३९
333
Shares
विराटनगर / नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्कलगायत विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ।

मुख्यमन्त्री राजेन्द्र राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले एक समिति गठन गरेको हो । विद्यार्थीहरु गत पुस १० गते देखि आन्दोलित छन् । कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धिलगायतका विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईको संयोजकत्वमा बनेको समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून उपसचिव शुशिला पौडेल भट्टराईको रहेकी छिन् । उक्त समितिलाई कार्यक्षेत्र तोकिएको छ भने १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन गरिएको छ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षण अस्पताल व्यवस्थापनबीच विवाद हुनुका कारण तथा कानूनी व्यवस्थाका विषयहरू अध्ययन गरी प्रतिबेदन पेश गर्ने गरी अध्ययन समिति बनाइएको जनाइएको छ । त्यस्तै, चिकित्सका शिक्षा आयोगबाट निर्धारित शुल्क तथा शिक्षण अस्पतालले विद्यार्थीबाट लिएको वा दाबी गरेको शुल्कको अध्ययन गर्ने र समस्या समाधानका विकल्पसहितका सुझावहरू पेश गर्न समेत सममितिलाई निर्देशन दिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर