खबर पूर्वाञ्चल
विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज विहिबार भएको खेलमा शिक्षादिप कलेजलाई २९ रनले पराजित गर्दै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १३ रनको स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ द म्याच रोहन विकले ५९ रन बनाउँदा नितेश यादवले १९ रनको योगदान दिएका थिए । शिक्षादिपका रविन राजवंशीले २ लिँदा रामरिजन यादव र सुरज यादवले १ विकेट लिए ।
जवाफमा १ सय १४ रनको चुनौती पछ्याएको शिक्षादिपले १ड दशमलव ३ बलमा सवै विकेट गुमाई ८४ रनमा सिमित हुन पुग्यो । जस्मा नितेश देवले १९ रन बनाउँदा कृष्ण चौधरीले १७ रन र सोमराज गणेशले १३ रनको योगदान दिए । कोशीका विकाश दास र लअमित रोयले २–२ विकेट लिए ।