AArya
RUMPUM
animated ellipse animated ellipse

महाधिवेशनको तुष पालेमा कांग्रेसले चुनाव जित्दैन : डा. संग्रौला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ पुष २०७८, बिहीबार १७:५२
306
Shares
विराटनगर/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशन सकिसकेकाले गुट-उपगुट बिर्सेर तीन तहको निर्वाचनमा जुट्नु पर्ने बताएकी छन् ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन नेतृ संग्रौलाले महाधिवेशनको प्रक्रियामा पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा विजेता र उपविजेताहरू एकजुट भएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो स्थानमा पु¥याउनुपर्ने दायित्व पूरा गर्नुपर्नेमा जोड दिइन् । “आन्तरिक प्रतिस्पर्धाको तुष पालेर बसियो भने कांग्रेसले निर्वाचन जित्दैन,” उनले भने, “हाम्रो लक्ष्य र उद्देश्य भनेको आसन्न तीनै तहको निर्वाचनमा जित्नु हो र त्यसपछि मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनु हो ।”

तीनै तहको निर्वाचन नजिकै आइपुगेकाले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन काँग्रेसको नेतृत्व जरुरी भएको संग्रौलाको भनाइ थियो । कम्युनिष्टहरूले मुलु्कको नेतृत्व गर्न नसक्ने बताउँदै डा.संग्रौलाले दुईतिहाई मत प्राप्त गरेका कम्युनिष्टहरूले सरकार चलाउन नसकाले अब पनि उनीहरूबाट देशको विकास र समृद्धि सम्भव छैन भन्ने प्रष्ट भएकोले कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताइन् ।

“जनताले दुई तिहाई बहुमत दिँदा पनि कम्युनिष्टले देश चलाउन सकेनन्, उनीहरू आफैं छिन्नभिन्न बन्न पुगे,” संग्रौलाले थपिन्, “स्पष्ट जनमतका साथ अब मुलुक चलाउने जिम्मेवारी कांग्रेसले पूरा गर्नुपर्छ ।” संविधानको सर्वाेच्चता बचाउन समयको आवश्यकताअनुसार कांग्रेसले सरकारको नेतृत्व गरेको उनको भनाइ थियो ।

आगामी निर्वाचन कांग्रेस एक्लैले लड्नु पर्ने भन्दै उनले विगतमा गठबन्धन गरेर जाँदा आफूहरू प्रतिपक्षमा पुगेका कारण यस पटक फेरि अरुलाई लाभ हुनेगरी निर्णय लिन नहुने आफ्नो व्यक्तिगत धारणा रहेको सुनाइन् । यद्यपि पार्टीले गर्ने निर्णयलाई सबैले कार्यान्वयन गरेर चल्नुपर्ने उनले बताइन् । गठबन्धन सरकारले तीनै तहको निर्वाचन गर्ने तर चुनावमा गठबन्धन मिलेरै जान भने आवश्यक नहुने उनको टिप्पणी थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले लोकतान्त्रिक पद्धतिको रक्षाका निम्ति गठबन्धन बनेको उनले उल्लेख गरिन् । संग्रौलाले मुलुकलाई समृद्धिको बाटोतर्फ डोहो¥याउने जिम्मेवारी थप बढेको बताइन् । उनले समृद्धिको लक्ष्य हासिल गर्न कांग्रेस अग्रसर हुनु पर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर