AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा तीन दिने स्पेस साइन्स सम्बन्धित कार्यशाला गोष्ठी सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०७८, बिहीबार १७:०७
1.29k
Shares
विराटनगर / विराटनगरमा स्पेस साइन्स अर्थात खगोल शास्त्र तथा स्ट्रोनोमिसंग सम्बन्धित तीन दिने कार्यशाला गोष्ठी सुरू भएको छ । विराटनगरमा आजदेखि उक्त कार्यशाला गोष्ठी सुरु भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङग्रालय विकास समिति कीर्तिपुर तथा अरनिको माध्यमिक विद्यालय विराटनगरको संयुक्त आयोजनामा सुरू भएको कार्यशाला गोष्ठीमा विज्ञान अध्ययापन गराउने झापा, मोरङ र सुनसरीका प्रध्यापक र विज्ञान संकाय अध्ययन गर्दै आएका विद्यार्थी गरि १ सय २० जनाको सहभागि रहेको हिसान मोरङका अध्यक्ष तथा अरनिको कलेजका प्रिनिसपल राजेश कार्कीले जानकारी दिए । सो कार्यशाला गोष्ठीमा तीन जिल्लाका ४० कलेजबाट एक जना विज्ञान संकाय अध्ययन गराउने प्रध्यापक र दुई जना विद्यार्थीले भाग लिन पाउँछन् । खगोल शास्त्र र अन्तरिक्षीय विज्ञानमा भइरहेको नयाँ प्रविधि र अध्ययन खोज विषयमा जानकारी दिन विद्यार्थीलाई यस सम्बन्धी अनुसन्धानमा अभिरुची जोगाउने उद्देश्यले तीन दिने कार्यशाला गोष्ठी सुरु भएको सहजकर्ता विजय दङगालले जानकारी दिए ।

कार्याशाला गोष्ठीमा काठण्डौंबाट आएका डा. एसके शर्मा, डा. पिआर ढुङगेल, डा. एचपी लामिछाने, एसआर साहीलगायतले सहजिकरण गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर