खबर पूर्वाञ्चल
एउटा राज्यले अर्को राज्यबाट आउने अतिथिलाई आफ्नो राज्यको कला संस्कृति, भेष भूषा तथा परिकारको जानकारी दिन आयोजना गरिएको कार्यक्रमको झल्को दिने गरि कार्यक्रम गरिएको छ । जहाँ विद्यार्थीहरुले आफूले लगाएका पोशाक, उनीहरुले गरेको अतिथि सत्कार, तिहार लक्षित देउसी भैलो र विभिन्न प्रकारका परिकारले आमन्त्रित अतिथिहरु मोहित भएका थिए । तारे होटलको अनुभूति दिलाउने गरि विद्यार्थीले गरेको अतिथि सत्कारदेखि उनीहरुले बनाएका परिकारको स्वादलाई वाह क्या स्वादिलो भन्दै प्रतिकृया दिएका थिए।
कार्यक्रमकै दौरान विद्यार्थीहरुले अतिथिलाई विभिन्न संस्कृति झल्किने पोशाक सहित नृत्य तथा गायन समेत प्रस्तुत गरेका थिए भने तिहारमा गाइने देउसी र भैलो समेत खेलेका थिए । होटल मेनेजमेन्टका चौथो सेमेस्टरका विद्यार्थीहरुले विभिन्न परिकारहरु बनाएका थिए भने सांस्कृतिक कार्यक्रममा पहिलो सेमेस्टरका विद्यार्थीहरुले प्रस्तुती राखेको क्याम्पसका होटल व्यवस्थापन संकायका को–अर्डिनेटर सुरेन्द्र मण्डलले जानकारी दिए।
कार्यक्रममा पर्यटन व्यवयासी भविषकुमार श्रेष्ठले समेत विद्यार्थीले बनाएका परिकार र देखाएको प्रस्तुती राम्रो भएको प्रतिकृया दिए। पर्यटन व्यवसायीहरु, विराटनगर महानगरमा होटल व्यवस्थापन अध्यापन गराउने कलेजका प्रिन्सिपल तथा संयोजकहरु, सरोकारवाला पक्षहरु, क्याम्पसका प्रबन्ध निर्देशक तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, क्याम्पसका अध्यक्ष तुलसीप्रसाद पोखरेल, क्याम्पस प्रमुख चिन्तामणि बस्नेतलगायतको उपस्थिति थियो ।
तारे होटलका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सोहि अनुसारको भौतिक संरचनाको विकास गर्दै अध्याापन गराउँदै आएको एम्स कलेजका प्रबन्ध निर्देशक पुरीले एम्सका विश्वभरका तारे होटलका लागि दक्ष जनशक्तिका रुपमा तयार हुनुपर्ने धारणा राखे। प्रयोगात्मक शिक्षामा जोड दिने एस क्याम्पसले होटल मेनेजमेन्टका विद्यार्थीलाई लक्षित गर्दै आफ्नै एम्स लाईभ बेकरी तथा कफी हाउस समेत सञ्चालन गर्दै आएको छ । जहाँ विद्यार्थीले नै सम्पूर्ण जिम्मेवारी बहन गर्दै आएका छन् ।