AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्व श्रीमतीलाई जबजस्ती करणी गरेको आरोपमा काठ ब्यबसायी फडिन्द्र प्रकाउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७८, शनिबार १८:३५
6.08k
Shares
धरान / पूर्व श्रीमतीलाई इच्छाबिपरित जबजस्ती करणी गरेका धरान वार्ड न. १५ बरगाछी मिलन चोकका काठ ब्यबसायीलाई इलाका प्रहरी कार्यालय धरानले प्रकाउ गरी हिरासतमा राखेको छ ।

गत बिहीबार बिहान ६ बजेको समयमा धरान १५ बरगाछी पूर्व मिलन चोक स्थित पूर्व श्रीमतीलाई लक्षार पछार पारी ५२ बर्षिय भोजराज थापा (फडिन्द्र) क्षेत्रीले बलत्कार गरेको हुनाले घटना स्थलबाट नै अपराधी थापालाई प्रकाउ गरी नियन्त्रणमा लिएको इलका प्रहरी कार्यालय धरानका नायब उपरिक्षक नगेन्द्र कुवँरले जानकारी दिएका छन् ।
किटानी जाहेरी पछि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान समेत जारी राखिएको उपरिक्षक कुवँरले बताए । दोस्री श्रीमतीको घरमा घर ज्वाई भएर ससुरालीमा नै बसेर ससुरालीले बनाएको घर, सम्पति तथा फर्निचर हाउस समेत कुमल्यादै अर्की श्रीमती ल्याउने तयारीमा रहेकोले यस्ता अपाराधीलाई कडा भन्दा कडा सजाय हुनु पर्ने महिला सहयोगी सन्जालकी सदस्या सीता राईले बताईन् ।

प्रत्यक्ष दर्शीका अनुसार छोरा छोरीहरु अर्को कोठामा सुतिरहेको अबस्थामा यो घटना भएको छ । जब आबाज आयो अनि आएर हेर्दा त भिनाजुले दिदीलाई लडाएको , कपडा च्यातिएको र भिनाजुको सर्ट खोलेको अबस्था र पेन्टको चेन समेत नलाएको अबस्था देखियो र के गरेको भन्दा तँ भतुँईलाई मार्छु भनेर चक्कु बोकेर झम्टनु भयो अनि मैले हल्ला गरेर जोगाउन सकियो भन्छिन् सम्झाना कार्की ।

घटनाको प्रकृति हेर्दा र प्रहरीले गरेको स्थलगत मुछुल्काबाट पनि जबजस्ती करणी गरेको देखिन्छ । पिडित महिलाले लगाएको भित्री बस्त्र च्यातिएको, यौनाङमा चोटपटक लागेको, बाहिरी कपडा सुरुवाल समेत च्यातिएको हुँदा पिडित महिलाले आफनो रक्षाका लागि बल प्रयोग गरेको समेत देखिएको छ । आवश्यक प्रमाण कपडा समेत बरामत गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । राजकाष्ठ फर्निचर सञ्चालन गरेका फडिन्द्र थापाले पैसाको बलले जे पनि गर्छु भन्दै पिडित महिलालाई पटक पटक यातना समेत दिएको महिला सहयोगी समुहकी अध्यक्ष बिमल मल्ल ठकुरीले बताईन् । ती बलत्कारी थापाले बाहिरी केटी राखेर डिभोर्स समेत छलफल कपटबाट गराई अन्याय गरेको हुनाले हामी ति पिडित महिलाको तर्फबाट न्याय दिलाउन लागि परेको बताए ।

प्रहरीले यस्ता जघन्य घटनालाई कमजोरी मिसील नबाउन समेत आग्रह गरेका छौ तसर्थ ५० बर्ष पुगेकी १ जना छोरी र २ छोरा छोराको सन्तान भएकी पिडित महिलालाई घरबार बिहिन बनाएको हुनाले यस तर्फ पनि सबै समाज, प्रसाशन र जनप्रतिनिधीहरुलाई उनको जिउने बाच्ने अधिकारलाई सुनिश्चित गरिदिनु आग्रह समेत गर्दछौ ।

पहिलो श्रीमती समेतलाई दुःख दिएर दोस्रो श्रीमतीलाई बसिरहेको घरबाट निकालेर अर्कि हुनेवाला श्रीमती भित्राउने तयारीमा रहेको महिला समुहको ठहर छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर