AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लकडाउनमा पनि निरन्तर प्रणामी समाजद्धारा विरामीलाई खाना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० जेष्ठ २०७७, शनिबार १२:३९
3
Shares
विराटनगर / लकडाउनको समयमा पनि श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रदेश १ र जिल्ला कार्य समिति मोरङले विरामी र कुरूवाहरूलाई निःशुल्क रुपमा खाना खुवाउँदै आएको छ ।

समाजले विराटनगरस्थित नोबेल अस्पताल, कोशी अस्पताल र गोल्डेन अस्पतालमा भर्ना भएका विरामीहरूलाई निःशुल्क खाना खुवाउँदै आएको हो ।

राज्यले कोरोना नियन्त्रण गर्न लकडाउन गरिएको अवस्थामा होटलहरू बन्द हुने भएकोले समस्यामा परेको बेला सामाजिक कार्य अनुरुप प्रणामी समाजले निःशुल्क रुपमा खाना खुवाएकोे श्री कृष्ण प्रणामी यूवा परिसर बिराटनगरका अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । उनका अनुसार हस्पिटलमा भर्ना भएका विरामी र कुरुवालाई निःशुल्क खाना खुवाउन अभियान ५१ औँ दिन पुरा भएको जानकारी दिए ।

यस अघि पनि श्रीकृष्ण प्रणामीले अस्पतालका बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर