AArya
RUMPUM
animated ellipse animated ellipse

४८२ जनाको स्वाव परिक्षण गर्दा प्रदेश १ मा ८३ जनामा संक्रमण देखियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७८, आईतवार १७:५९
630
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४८२ जनाको स्वाव परिक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण भएको छ ।
४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

झापाको दमक, विर्तामोड र कनकाईमा ६–६, शिवसताक्षी, भद्रपुर , अर्जुनधारा र मेचीनगरमा २–२, गौरादह, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १७, सुन्दरहरैचामा ६, बेलबारीमा २, पथरीशनिश्चरे, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ७, रामधुनीमा २, इलामको माईमा २, इलाममा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र १७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर