खबर पूर्वाञ्चल
८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा ६, इलाम र उदयपुरमा ४–४, पाँचथर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।
झापाको दमकमा २१, शिवसताक्षी र विर्तामोडमा १०–१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३–३, बुद्धशान्ति, बाहृदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरम ४३, पथरीशनिश्चरेमा १२, केराबारीमा ८, उर्लाबारीमा ५, कटहरी, बुढीगंगा र रंगेलीमा २–२, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १– १, सुनसरीको इटहरीमा ४८, धरानमा १६, इनरुवामा २, बराहक्षेत्र, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
उता धनकुटाको धनकुटा नगरपालिकामा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, चुलाचुली, देउमाई र माईमा १–१, उदयपुरको चौदण्डीगढीमा २, उदयपुरगढी र त्रियुगामा १–१, पाँचथरको फाल्गुनन्द, तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।