AArya
RUMPUM
animated ellipse animated ellipse

पाथीभरा जब लिन्कद्वारा जागीर खानेको ७ लाखको नि :शुल्क बिमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ भाद्र २०७८, शुक्रबार १७:४६
540
Shares
इटहरी / पाथीभरा जब लिंक इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाण्डौबीच दुर्घटना बीमाको सम्झौता भएको छ ।

आज जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो ।

सम्झौता पत्रमा पाथीभरा जब लिंकमार्फत जागिर खाने मानिसको सात लाखको निःशुल्क बीमा गरिनेछ ।

बीमित मानिसको मृत्यु भएमा सात लाख, घाइते भएमा सत्तरी हजार रुपैयाँ र अंगभंग भएमा बीमाङ्क बापतको ४० प्रतिशत रकम हस्तान्तरण गर्नेगरी सम्झौता भएको अधिकारीले बताए ।

उनका अनुसार जागिर खान आउने जो कोहीको पनि एक वर्षको बीमा गरिनेछ । पछिल्लो समय बीमाप्रति मानिसको रुचि बढ्दै गएका कारण पनि दुर्घटना बीमा गरिएको उनले बताए ।

इन्स्योरेन्सका सिईओ खत्रीले जब लिंकमार्फत दुर्घटना बीमाको काम गर्न पाउनु आफूहरूका लागि सकारात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर