AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वरिष्ठ हाँस्यव्यङ्ग्य कवि सापकोटाको योगदानको चर्चा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ कार्तिक २०७७, सोमबार २१:०८
270
Shares
विराटनगर / वरिष्ठ हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।

१३ औं पुण्यतिथिका अवसरमा विराटनगर–११ स्थित उनकै निवासमा भेला भएका साहित्यकारहरूले सापकोटाको निधनले हाँस्यव्यङ्ग्य साहित्यमा अपूरणीय क्षति पुगेको बताए । अग्रज साहित्यकार महेश प्रसाईंको अग्रसरमामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरूले सापकोटाको निधनले विराटनगरमा हाँस्यव्यङ्ग्य साहित्य खाली भएको टिप्पणी गरे । प्राज्ञ विवश पोखरेलले सापकोटा असल साहित्यकार मात्रै नभएर सादा जीवन र उच्च विचारका प्रतिमूर्ति भएको बताए । “सापकोटाको निधनले विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरो भएको छ,” उनले भने, “अब यो रिक्तता पूरा हुन निकै समय लाग्छ ।”

साहित्यकार रामबाबु दाहालले समसामयिक विषय तिखो व्यंग्य प्रहार गर्न सक्ने क्षमता सापकोटामा भएको बताए । अर्का साहित्यकार रामबाबु दाहालले पनि सापकोटाको अवसानले हाँस्यव्यङ्ग्य साहित्यमा ठूलो क्षति पुगेको उल्लेख गरे । समारोहमा साहित्यकार देवी पन्थी, भरत गुरागाईं, राधिका गुरागाईं, मीनकुमार नवोदित, मुनाल पोखरेल, लेखक दिनेश श्रेष्ठ, चिकित्सक आलोक भण्डारी, कवि शिवनारायण पण्डित सिंगल, भवानी पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रावर्तीलगायतले सापकोटाको योगदानको चर्चा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर