AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ भाद्र २०७८, शुक्रबार १६:५२
1.18k
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देदिएको छ । ४१९ जनामा कोरोना संक्रमण हुँदा ४७० जनासंक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६६, बेलबारीमा ८, उर्लाबारीमा ६, कानेपोखरीमा ३, सुन्दरहरैचा र कटहरीमा २–२, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २२, शिवसताक्षीमा १०, अर्जुनधारामा ७, बुद्धशान्ति, गौरादह, भद्रपुर र कनकाईमा ३–३, विर्तामोडमा २, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा १६, धरानमा ३, बराहक्षेत्रमा २, दुहवीमा १, इलामको रोङमा ७, चुलाचुलीमा ४, माई, फाकफोकथुम, सुर्योदय र इलाम नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र चौवीसेमा २, ताप्लेजुङको सिदिङ्वामा २, भोजपुरको भोजपुर नगरपालिका र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर