AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालमा उपचार गर्न आएका विरामी शौचालयमा मृत भेटिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ भाद्र २०७८, मंगलवार १८:३२
981
Shares
विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पतालमा उपचार गराउन आएका एक जना विरामी शौचालयमा मृत अवस्थमा भेटिएका छन् ।
कोशी अस्पतालको ओपीडी भवनमा रहेको पुरुष शौचालयभित्र आज दिउँसो १ ः३० बजेतिर इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृत अवस्थामा भेटिएका पोखरेललको गोजीमा जिल्ला अस्पताल इनरुवा सुनसरीको ओपीडी (बहिरंग विभाग)को पूर्जा बोकेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घोप्टो परेर लडिरहेको तथा मुखबाट फिँज निस्किरहेको अवस्थामा पोखरेलको शव मृत भेटिएका डिएसपी श्रेष्ठले बताए । अस्पतालको ओपीडी पूर्जामा उल्लेख भएको विवरण अनुसार प्रहरीले मृतकको पहिचान खुलाउन सकेको हो । होमराजलाई इनरुवा अस्पतालले थप उपचारका लागि विराटनगरको कोशी अस्पताल रेफर गरेको ओपीडी पूर्जामार्फत खुलेको डीएसपी श्रेष्ठले बताए ।

इनरुवाले रेफर गरेपछि उनी थप उपचारका लागि कोशी अस्पताल आएको प्रहरीको अनुमान छ । तर उनले कोशी अस्पतालमा उपचारका लागि ओपीडी पूर्जा काटेको वा नकाटेको भन्ने बारेमा खुल्न बाँकी रहेको श्रेष्ठको भनाइ छ । दिसापिसाब गर्न शौचालय गएका बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । ‘पोखरेलको साथदेखि मधुमेहलगायतका रोगका औषधि पनि भेटिएको छ,’ श्रेष्ठले भने, ‘त्यसका आधारमा स्वास्थ्यसम्बन्धी पुरानो समस्याको औषधि सेवन गरिरहेको हुनसक्छ ।’

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोशी अस्पतालको शव गृहमा राखेर घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर