AArya
RUMPUM
animated ellipse animated ellipse

राप्रपा महानगर कमिटीको अध्यक्षमा वैद्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७८, आईतवार १७:५८
756
Shares
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज विराटनगरमा भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।

कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद साह,शयेन्द्रा बान्तवा, केदार कोइराला, विश्वमोहन थापा, दिनेश साह, नरेश राई, उद्धवचन्द्र घिमिरे, उद्धवप्रसाद दाहाल, आरती गेलाल, प्रदीप शर्मा, हिरालाल सेन्चुरी, डा. दुर्गाबहादुर अधिकारी, पुष्पा तिवारी, शोभा श्रेष्ठ र मन्जु कार्र्कीलाई चयन गरिएको छ ।

यसैगरी अन्य सदस्यहरुमा राजकुमारी रेग्मी, गंगा खतिवडा, पदमा थापा, रामकिशुन साह, संजयविक्रम अधिकारी, रतन तामाङ, नवि हुसेन र सोमप्रसाद भट्टराई, केशब ढुंगाना, रामचन्द्र साह, रामदेव कामत, रेखा पासवान, राजु शर्मा, डिल्लीराम भण्डारी र देवेन्द्र राई रहेका छन् ।

परिषदको भेलामा पूर्व महानगर प्रमुख प्रह्लाद साह,केन्दीय कार्य सम्पादन समिति सदस्यहरु केदार कोइराला, (तराई मधेश) क्रेन्द्रीय प्रमुख दिनेश साह, विश्वमोहन थापा, केन्द्रीय सदस्यहरु श्यामबहादुर कार्की, उद्धवचन्द्र घिमिरे र जिल्ला कार्य कार्यकारी अध्यक्ष माधव आचार्य, डा.दुर्गा अधिकारी र नगर संयोजक हिरालाल सेन्जुरीलगायत पार्टीलाई देशमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउन हामी सैव लाग्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर