खबर पूर्वाञ्चल
सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको आरोप नेता डा. कोइरालाले लगाए । चलिरहेको संसद अन्त्य गरेर अन्य दललाई विभाजना गर्ने उदेश्यले राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याउनु कांग्रेसको संस्कार नभएको भन्दै डा.कोइरालाले सरकारले आफ्नो सुबिधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर बनाएको बताए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले बिरोध गर्नु तर अहिले आफै सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहो¥याउन नमिल्ने डा.कोइरालाले बताए । यसले संसद र लोकतन्त्र दुबै कमजोर हुने डा. कोइरालाको भनाई छ । नेपाली जनताको भावनामाथि कुठाराघात हुने कुनैपनि कदम अहिलेको सरकारलाई चाल्ने छुट नभएको डा.कोइरालाले बताए ।