AArya
RUMPUM
animated ellipse animated ellipse

प्रविण कार्कीले पाए ‘सिक्स’ डानको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७८, मंगलवार १६:१७
1.03k
Shares
विराटनगर/ तेक्वाण्डो खेलको प्रवद्र्धन र विकासमा लामो समयदेखि लागि परेका विराटनगर तेक्वाण्डोका प्रशिक्षक प्रविण कार्कीले ‘सिक्स’ डानको उपाधि पाएका छन् । आइटीएफ तेक्वाण्डोमा ‘सिक्स’ डानको उपाधि पाउने कार्की प्रदेश १ का पहिला व्यक्ति हुन् ।

नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका कार्कीले काठमाण्डौमा केही दिन अगाडी सम्पन्न भएको सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्ट्रिय परीक्षामा उत्तीर्ण भएपछि ‘सिक्स’ डानको उपाधि पाएका हुन् । उनीसँग अन्य चार जना प्रशिक्षकहरूले ‘सिक्स’ डानको उपाधि पाएका छन् । नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका अध्यक्ष अन्जन धमाला, उपाध्यक्ष कार्की, महासचिब अन्जु राउत र सदस्यहरू उमेश राजथला र फतेमा बिबीले सिक्स डानको उपाधि पाएका हुन् ।

काठमाण्डौंमा सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्टिय परीक्षा भएको थियो । उक्त परीक्षा उत्तीर्ण गरेपछि अन्तर्राष्ट्रिय तेक्वाण्डो ९ औं डान ग्राण्ड मास्टर भारतीय नगरिक राजेन्द्र बलानले नेपालका पाँच जना प्रशिक्षकहरूलाई सिक्स डानको उपाधि दिएका हुन् ।

सिक्स डानको उपाधि पाएका कार्कीले तेक्वाण्डो खेलको वृद्धि विकास गर्दै खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई व्यवसायिक रूपमा अगाडी बढाउन लागि पर्ने बताए । ‘तेक्वण्डो खेलको विकास र प्रवद्र्धन गर्दै ग्रामिण बस्तीसम्म पु¥याउने मेरो लक्ष्य हो,’ उनले भने, ‘त्यसको लागि राज्यसँग पहल कदमी गरेर अगाडी बढनेछु ।’ खेलाडी राज्यको गहना गएकाले उनले खेलक्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

‘राज्यले खेल क्षेत्रलाई प्रथामिकतामा राख्न सके मात्र समग्र खेलकुद क्षेत्रको विकास हुनेछ । त्यसपछि खेलाडी व्यवसायी बन्नेछन् । त्यही भएर तीन तहको सरकारले खेलकुदलाई प्रमुख प्रथामिकतामा राख्न सक्नुपर्दछ,’ कार्कीले सिक्स डानको उपाधि पाएपछि भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर