AArya
RUMPUM
animated ellipse animated ellipse

गाँजा सहित सिटी सफारी चालक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ श्रावण २०७८, सोमबार १८:१८
2.67k
Shares
विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजासहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।

आज दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो ।

सफारीसहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर